कालेबुङ: हरियाणामा सम्पन्न राष्ट्रिय स्तरको पावर लिफ्टिङ प्रतियोगितामा सहभागी गितडब्लिङका तेन्चोङ लेप्चाले दोस्रो स्थानमा रहँदै काँस्य पदक प्राप्त गर्न सफल भएका छन्। छिमेकी राज्य सिक्किमको नाम्ची कलेजमा अध्ययनरत तेन्चोङले सिक्किमको तर्फबाट प्रतियोगितामा सहभागी बनेका थिए। उनले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दुईवटा काँस्य पदक प्राप्त गरेका थिए। उक्त प्रतियोगितामा पहिलो स्थान पनि सिक्किमका खेलाडीले नै प्राप्त गरे।