प्रीमियर लीगः शीर्ष स्थानमा ८ पोइण्टको बढ़तलाई कायम राख्यो आर्सनलले

photocollage_202342111210522.jpg

२ अप्रेलः ईंग्लिश प्रीमियर लीग (ईपीएल) मा म्यानचेष्टर सिटीले असाधारण जीत हासिल गरे पनि आर्सनलले लीड्स युनाइटेड विरुद्ध जीतको साथ शीर्ष स्थानमा ८ पोइण्टको बढ़तलाई कायम राख्यो। शनिवार राति खेलिएको हाई भोल्टेज म्याचमा म्यानचेष्टर सिटीले लिभरपूललाई ४-१-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड ऐतिहाद स्टेडियममा ६९ प्रतिशत पोजेशनको साथ खेल्ने सिटीले शुरुमै गोल खाए पनि असाधारण पुनरागमन गर्दै म्याच जित्यो। लिभरपूललाई मोहामेद सलाहले १७औं मिनटमा बढ़त दिलाए तर टीमले त्यसलाई बचाएर राख्न सकेन। जूलियन अल्भारेजले २७औं मिनटमा गोल गरी सिटीलाई १-१-को बराबरीमा पुऱ्याए। मध्यान्तरसम्म स्कोरमा कुनै हेरफेर भएन तर दोस्रो हाफमा चाहिँ सिटीले अझ तीन गोल थप्यो। मध्यान्तरपछि केविन डी ब्रूयेनले ४६औं, इल्के गुण्डोगनले ५३औं र ज्याक ग्रेलिसले ७४औं मिनटमा लगातार तीन गोल गरे। यस जीतको साथै प्रीमियर लीग टेबलको दोस्रो स्थानमा रहने म्यानचेष्टर सिटीको २८ वटा म्याचमा ६४ पोइण्ट पुग्यो। यसको विपरीत लगातार दोस्रो हारपछि लिभरपूल २७ वटा म्याचमा ४२ पोइण्ट लिएर आठौं स्थानमा रहन पुग्यो।
यसबीच आर्सनलले जीतको क्रम जारी राख्दै लीड्स युनाइटेड विरुद्ध ४-१-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड एमिरेट्स स्टेडियममा ६८ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनलबाट गेब्रिएल जीससले २ गोल गरे। ब्राजीलका फरवर्डले ३५औं (पेनल्टी) र ५५औं मिनटमा गोल गरे। यसबाहेक बेन व्हाइटले ४७औं र ग्रानिट खाकाले ८४औं मिनटमा गोल गरे। लीड्स युनाइटेडबाट रासमस क्रिस्टेनसनले ७६औं मिनटमा गोल गरे। यस जीतपछि शीर्ष स्थानमा कायम रहने आर्सनलको २९ वटा म्याचमा ७२ पोइण्ट पुग्यो। यसरी नै लीड्स युनाइटेड २८ वटा म्याचमा २६ पोइण्टको साथ १६औं स्थानमा रहेको छ। प्रीमियर लीगका अन्य म्याचहरूमा क्रिस्टल प्यालेसले लिस्टर सिटीलाई अनि बोर्नमाउथले फूलहामलाई २-१-को समान अन्तरले पराजित गऱ्यो। यसरी नै ब्राइटन र ब्रेण्टफोर्डबीचको म्याच ३-३ तथा नटिंघम फरेष्ट र वूल्भ्सबीचको म्याच १-१-को ड्र मा समाप्त भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement