संसदमा विपक्षीहरूको विरोधको कारण वित्त विधेयकमाथि चर्चा हुनसकेनः सांसद सुब्बा

IMG-20230401-WA0222.jpg

गान्तोक: वित्त विधेयकलाई लिएर राज्यमा शुरु भएको विरोध बीच लोकसभा सांसद इन्द्र हाङ् सुब्बाको आधिकारिक बयान अघि आएको छ। संसदमा विपक्षी सदस्यहरुको विरोधको कारण २४ मार्चको दिन ल्याइएको वित्त विधेयक २०२३ बिना बहस पारित भएको उनको भनाइ रहेको छ। उल्लेखनीय छ, देशकी वित्त मन्त्री श्रीमती निर्मला सीतारमणले लोकसभामा पेश गरेको वित्त विधेयकले सिक्किमेको परिभाषालाई विस्तार गरेको अनि गैर सिक्किमेहरूलाई पनि त्यसमा अटाइएको भन्दै राज्यमा विरोधको लहर छाएको छ। यस्तो महत्वपूर्ण र गम्भीर विधेयकमा पनि लोकसभा सांसद इन्द्र हाङ सुब्बाले केही संसदमा केही नबोलेको भन्दै विपक्षीहरूले राजीनामाको माग गर्न थालेको छ।

गत १६ मार्चदेखि नै आफूले नियमित रूपमा सदनको सत्रमा उपस्थिति जनाउँदै आएको बताउँदै सांसद सुब्बाले वित्त विधेयक २०२३ सदनमा प्रस्तुत गरिएको दिन विपक्षको विरोधको कारण कसैले पनि बहसमा चर्चा गर्ने अवसर नपाएको राजधानीबाट प्रकशित हुने एउटा अङ्ग्रेजी दैनिकलाई बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement