आईपीएल २०२३:अर्शदीप सिंह र वर्षाको साथ पाएर पञ्जाब किंग्स ७ रनले विजयी

photocollage_202341225319491.jpg

१ अप्रेलः पञ्जाब किंग्सले इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को वर्षा वाधित म्याचमा कलकत्ता नाइट राइडर्सलाई डकवर्थ लुइस पद्धतिद्वारा ७ रनले पराजित गऱ्यो। मोहालीमा खेलिएको म्याचमा पहिला ब्याटिंग गर्दै पञ्जाब किंग्सले २० ओभरमा ५ विकेट गुमाएर १९१ रन बनायो। श्रीलंकाई ब्याटर भानुका राजपक्षेले ५०, कप्तान शिखर धवनले ४० अनि सेम कुरेनले अविजित २६ रन बनाए। राजपक्षेले ३२ बल खेलेर ५ वटा चौका र २ वटा छक्का लगाए। कलकत्ता नाइट राइडर्सका बलरहरूमा टिम साउदीले सर्वाधिक २ विकेट लिए। जवाफमा जीतको निम्ति १९२ रनको लक्ष्यलाई खेदो गर्दै कलकत्ता नाइट राइडर्सले १६ ओभरमा ७ विकेट गुमाएर १४६ रन बनाउँदा वर्षा शुरु भयो अनि म्याच पूरा हुन सकेन। यसैकारण डकवर्थ लुइस पद्धतिद्वारा पञ्जाब किंग्सलाई ७ रनले विजयी घोषित गरियो। कलकत्ता नाइट राइडर्सबाट आन्द्रे रसेलले ३५, भेंकटेश अय्यरले ३४ र कप्तान नितिश राणाले २४ रन बनाए। पञ्जाब किंग्सका बलरहरूमा अर्शदीप सिंहले ३ विकेट लिए। अर्शदीपलाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement