छात्रको मृतदेह झुण्डेको अवस्थामा उद्धार

wife_went_home_husband_hanged_in_the_house_after_two_days__1598359636.jpg

जलपाईगढ़ी: धुपगढ़ीमा एक छात्रको अस्वाभाविक मृत्यु भएको घटना अघि आएको छ। मृतकको नाम आजाद अन्सारी (१९) बताइएको छ। यही साल आजादले उच्च माध्यमिकको परीक्षा दिएको थियो। आज बिहान आजादले आफ्नो कोठाको ढोका खोलेन तब आफन्तहरूलाई शंका भयो। त्यसपछि ढोका तोडेर भित्र पस्दा उसलाई पाँसोमा झुण्डेको पाइयो।यो घटनाको सूचना धुपगढ़ी थाना पुलिसलाई दिइयो। सूचना पाएर पुलिसले घटनास्थलमा पुगेर शवलाई उद्धार गरी पोस्टमार्टमको निम्ति जलपाईगढ़ी सदर अस्पतालमा पठायो। जानकारी अनुसार, प्रेम प्रसंगको कारण उसले आत्महत्या गरेको हो। अहिले पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement