कोलकातामा बिरुवाको फंगसले संक्रमित भयो बुजुर्ग

fungi.jpg

कोलकाता: महानगर कोलकातामा ६१ वर्षीय एक व्यक्ति पेरा ट्राचियल संक्रमणले पीड़ित पाइएको छ। यो बिरूवाको फंगसबाट हुने संक्रमण हो। यसअघि विश्वमा कतैपनि यस्तो केस अघि आएको थिएन। सूत्रहरू अनुसार, सो व्यक्ति प्लान्ट माइक्रोलोजिस्ट हुन् र लामो समयदेखि मशरूम र विभिन्न बिरूवाहरूको कवकमा रिसर्च गरिरेका थिए यसअघि बिरूवामाथि काम गर्ने कुनैपनि व्यक्ति यस प्रकारले बिरूवाको फंगसले संक्रमित भएको छैन। यस नयाँ मामिला अघि आएपछि यसमा नयाँ प्रकारले शोध शुरू भईसकेको छ। यसका साथै बिरूवाको फँगसले मनुष्यमा पनि घातक संक्रमण फैलिनसक्छ भनी आशंका बढ्न थालेको छ। संक्रित भएपछि उक्त व्यक्तिको आवाज भारी र कर्कश भएको थियो। भोजन निल्नमा समस्या भईरहेको थियो र लगातार थकान महसूस भईरहेको थियो। तीन महिनासम्म यस समस्यासित जुझेपछि उनलाई डाक्टरहरूलाई देखाइयो त्यहाँ एक्स-रे र सीटी स्क्यान गर्दा थाहा लाग्यो कि घाटीमा पेरा ट्रिचिकल फोका देखा पन्यो, जसले सास लिने मार्गलाई अवरुद्ध गर्नसक्छ, जसबाट व्यक्तिको ज्यान पनि जानसक्छ। त्यसको नमूनालाई डब्ल्यूएचओ सहयोग केन्द्र फर रिसर्च अन फंगी अफ मेडिकल इम्पोर्टेन्स मा जाँचको निम्ति पठाइयो यहाँबाट चोन्ड्रोस्टरिम परप्योरियम उपचार सुझाउ गरियो, जसपछि व्यक्तिको स्वास्थ्यमा सुधार भईरहेछ।
कोलकाताका एक निजी अस्पतालका शोधकर्ताले बताए अनुसार, बिरुवाबाट मानवमा फंगसको संक्रमणको कोलकातामा बिरुवाको फंगसले संक्रमित भयो बुजुर्ग तकनीक माइक्रोस्कोपिक यस संक्रमणलाई चिन्नमा विफल रहेको छ। यसैले यो संक्रमणले चिन्ता बढाईरहेछ। त्यस व्यक्तिलाई भएको संक्रमणमाथि शोध जारी छ र राज्य स्वास्थ्य विभागलाई पनि यसबारे रिपोर्ट दिइएको छ। मानिसहरूबीच यसलाई लिएर आतङ्क नहोस्, यसैले पीड़ित व्यक्तिको नाम उजागर गरिएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement