सोरेङ: गत ३१ मार्चदेखि शुरू भएको चुम्बुङ बुदाङ निम्न माध्यमिक विद्यालयको ६ दिवसीय स्वर्ण जयन्तीको आज दोस्रो दिन भव्यताको साथमा सम्पन्न भयो। दोस्रो दिनको कार्यक्रममा आईटी विभागीय अध्यक्ष नवराज गुरूङ मुख्य अतिथिको रुपमा उपस्थित थिए भने च्याखुङका जिल्ला पञ्चायत किरण गुरुङ लगायत अन्यको विशेष उपस्थिति रहेको थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि नवराज गुरूङले विद्यालयले स्वर्ण जयन्ती पालन गर्न सक्षम भएकोमा विद्यालय,विद्यार्थी, शिक्षक लगायत चुम्बुङ बुदाङवासीलाई बधाई दिए। यस विद्यालयमा आफ्नो सेवा पुऱ्याउने विभिन्न व्यक्तित्वहरूलाई उनले आजको यस कार्यक्रममा नमन गरे। यस विद्यालयले शिक्षाको क्षेत्रमा क्षेत्रमा ठूलो योगदान पुऱ्याएकोमा उनले आभार व्यक्त गरे। वर्तमान सरकारले राज्यको शिक्षाको स्तरलाई बढ़ाएर लैजान दिन रात कार्य गरिरहेको जानकारी गराए। सरकारी स्कूलहरूलाई पनि निजी विद्यालयहरू सरह बनाउने दिशामा सरकारले कार्य गरिरहेको उनले थप बताए। राज्यका सम्पूर्ण शैक्षिक संस्थानहरूमा इन्टरनेट उपलब्ध गराउने दिशामा सरकारले पहल गरिसकेको बताउँदै अबको केही वर्षमा राज्यका सम्पूर्ण विद्यालयहरूमा इन्टरनेटको पूर्ण व्यवस्था हुने पनि उनले किटान गरे। स्वर्ण जयन्ती कार्यक्रम अन्तर्गत हाजिरी जवाफ प्रतियोगिताको नपि आयोजना गरिएको थियो जसमा बुदाङ विद्यालय विजयी बन्यो। यसका साथै आज विभिन्न विद्यालयका विद्यार्थीहरूमाझ खेलकूद प्रतियोगिता आयोजना गरिएको थियो। सोही प्रकारले आज दोस्रो दिनको भलिबल खेल नाम्ची वनाम नेजी माझ सम्पन्न भयो, जसमा नाम्चीले विजयी विजयी बनेको छ। ज्ञात रहोस्, हिजोदेखि शुरु भएको चुम्बुङ बुदाङ निम्न उच्च विद्यालयको स्वर्ण जयन्ती आगामी ५ अप्रेलको दिन समापन हुनेछ। समापन कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रुपमा उपस्थित रहने आयोजक समितिले जानकारी गराएको छ।