सिक्किम २००८ देखि खुल्ला दिशामुक्त राज्य बनेको होः हिम्मत राई

IMG-20230401-WA0214.jpg

गान्तोक: आइसी राज्यस्तरीय सेल र स्वच्छ भारत राज्यस्तरीय कार्यान्वयन समितिको जिल्ला, ब्लक जीपी कार्यकर्ताहरूहरूलाई लिएर ओडीएफ प्लस स्वच्छ सर्वेक्षण (ग्रामीण) २०२३ सम्बन्धी एक दिवसीय क्षमता निर्माण कार्यक्रमको आयोजना गरियो। आयोजना गरिएको थियो। पाकिमस्थित सामुदायिक भवनमा आयोजित यस कार्यक्रमको उद्देश्य स्वच्छ भारत मिशन ग्रामीणका सबै हितधारकहरूलाई एसएसजी २०२३ मा क्षमता विकासगर्नका गर्नको निम्ति विभिन्न चरणहरू र प्रक्रियाहरूबारे प्रशिक्षण प्रदान गरिनु रहेको थियो। प्रशिक्षण कार्यक्रममा ओडीएएफ प्लस र स्वच्छ सर्वेक्षण २०२३ मा केन्द्रित थियो।कार्यक्रमलाई सम्बोधन गर्दै संयुक्त सचिव हिम्मत राईले कार्यक्रमको आयोजना गरिनुको प्रमुख लक्ष्य र उद्देश्यबारे संक्षिप्तमा जानकारी गराए। उनले स्वच्छ सर्वेक्षण (ग्रामीण) र ओडीएफ प्लसबारे आवश्यक जानकारी साझा गरे। उनले जानकारी गराए अनुसार सिक्किम राज्य २००८ देखि पहिलो खुला दिशामुक्त बनेको र स्वच्छ भारत मिशनमा राज्यको महत्वपूर्ण योगदानमाथि पनि प्रकाश पारे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement