गान्तोक: सोरेङ जिल्ला प्रशासनको पहलमा आज मेगा हार्ट हेल्थ क्याम्प आयोजना गरियो। आकांक्षी जिल्ला कार्यक्रम अन्तर्गत जिल्ला प्रशासनिक केन्द्र सोरेङको पहलमा मुटुरोग विभाग, एसटीएनएम, गान्तोकको समन्वयमा आज सोरेङ प्राथमिक स्वास्थ्य केन्द्रमा मेगा हार्ट हेल्थ क्याम्पको आयोजना आयोजना गरियो। यस अवसरमा हद्यरोगी विशेषज्ञ डा. डीपी राई लगायत उनको टोलीको सहयोगमा यस प्रकारको शिविर आयोजना गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै सोरेङ जिल्लाका जिल्लापाल भीम ठटालले आफ्नो सम्बोधनमा परिस्थिति वा आर्थिक अवरोधका कारण अस्पताल जान नसक्ने बिरामीलाई उपचार सहयोग पुर्याउने उद्देश्य सोरेङ जिल्लाको पहल ‘आँगना प्रशासन’ लाई परिकल्पना गर्न शिविर आयोजना गरिएको बताए। महत्वाकांक्षी जिल्ला अन्तर्गत स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा दिँदै यस प्रकारको कार्यक्रम आयोजना गरिएको उनको भनाइ रहेको छ। यसका साथै मुटु सम्बन्धी विभिन्न रोगका बारेमा जनचेतना जगाउने उद्देश्यले शिविर सञ्चालन गरिएको उनले थप जानकारी गराए। सार्वजनिक स्वास्थ्य सुशासनको अत्यावश्यक अंग रहेको उनले अवगत गराए।