सिक्किम प्रिमियर लीगको फाइलन खेल ८ अप्रेलमा हुने

IMG-20230401-WA0212.jpg

गान्तोक: गत ३० जनवरीदेखि राज्यमा पहिलोपल्ट शुरू भएको सिक्किम प्रिमियर लीगको फाइनल खेल आगामी 8 अप्रेलको दिन हुने भएको छ। यसबारेमा आज राजधानीस्थित पाल्जर स्टेडियममा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै फुटबल डेभलोपमेन्ट प्राइभेट लिमिटेड (एफडीपीएल)संस्थापक निम छिरिङ लेप्चाले यस टुर्नामेन्टको माध्यमद्वारा राज्यका धेरै जना खेलाडीहरूले राष्ट्रीयस्तरमा पुग्ने अवसर प्राप्त गर्ने बताए। राज्यका खेलाडीहरूलाई राष्ट्रीय र अन्तराष्ट्रीयस्तरमा चिनाउने उद्देश्यले आयोजित यस प्रतियोगिता गत ३० जनवरीदेखि शुरू भएको हो। यसै क्रममा राष्ट्रीय फुटबल खेलाडी सञ्जु प्रधानले राज्यमा सिक्किम प्रिमियर लीग आयोजना गर्न गत वर्षको सेप्टेम्बर महिनादेखि नै योजना तय गरिएको अवगत गराए।वर्तमान सरकार खेलप्रति सकारात्मक रहेको कारण यस प्रकारको प्रतियोगिता आयोजना गर्न सकेकोमा उनले खुशी प्रकट गरे। यो लीग शुरू भएदेखि यता राज्य र राज्य बाहिरबाट पनि सकारात्मक टिपण्णी आइरहेको उनले पत्रकारहरूलाई जानकारी गराए। आयोजक समितिले २५ जना खेलाडीहरूलाई एक्सपोजर टुरको निम्ति पठाउने योजना रहेको उनले बताए।फाइनल खेल भव्यरूपमा सम्पन्न गराउन आयोजक समितिले योजना तयार गरिरहेको र उक्त खेलमा मेलिना राई, जेत्सेन डोना लामा लगायत अन्यहरूलाई पनि मनोरञ्जनको निम्ति आमन्त्रित गरिएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement