चिया बगानको नालीमा चितुवाका तीनवटा बच्चा उद्धार

5c8dba8f-4812-403c-8a50-d49460969950

जलपाइगढी: चिया बगानको नालीमा चितुवाका तीनवटा बच्चा भेटिएका छन्। शनिबार बिहान मटेली ब्लकको किलकोट चिया बगानको १० नम्बर खण्डमा रहेको नालीमा शावक देखिएका थिए। बगानमा काम गर्न जाने क्रममा मजदुरको ध्यानाकर्षण भए। चितुवाको बच्चा फेला परेपछि स्थानीय बासिन्दा घटनास्थलमा जम्मा भएका थिए। खबर पाएर खुनिया स्क्वायरका वनकर्मी घटनास्थल पुगेका थिए। पोथी चितुवा खानेकुराको खोजीमा चियाबारी वरिपरि रहेको वन अधिकारीहरूको अनुमान छ। साँझ परेपछि, आमाले शावकहरूलाई सुरक्षित स्थानमा लैजानेछन्। खुनिया स्क्वायरका रेन्जर सजलकुमार डेले चिया बगानका सडकमा हिँड्दा सावधानी अपनाउन आग्रह गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement