खरसाङ खण्डको चौधवटा ग्राम पञ्चायतमा पञ्चानब्बेवटा बुथहरूमा द्वारे सरकारको क्याम्प हुने

IMG-20230401-WA0204.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत रहेका चौधवटा ग्राम पञ्चायतको पञ्चानब्बेवटा बुथहरूमा द्वारे सरकारको क्याम्प हुने जानकारी खरसाङ खण्ड सह अधिकारी पेमा डोमा डुक्पाले दिएकी छन्। उनले जनाए अनुसार आज एक अप्रेलदेखि शुरू भएको द्वारे सरकार क्याम्प आगामी १० अप्रेलसम्म चल्नेछ भने यसपल्ट बुथ स्तरमानै यो क्याम्प सम्पन्न हुनेछ। डुक्पाले थप जनाए अनुसार यसपल्ट पन्चानब्बेवटा बुथमा चौधवटा मुख्य क्याम्प रहनेछन् भने अग्जलरी ८२ वटा अनि चौधवटा मोबाईल क्याम्प रहनेछन्। यस क्याम्पमा सोह्रवटा विभागको मोठ तेत्तीसवटा स्कीमहरूको लाभ उठाउन सकिने अवगत गराउँदै विशेषगरी पेन्सन, विद्युत, स्वस्थ्य, जनजाति प्रमाण पत्र, स्टेपन,स्कलरसीप इत्यादिको लाभ उठाउन सकिने जनाइन्। उक्त सुविधाको लाभ उठाउन सबैलाई यी क्याम्पहरूमा जाने आग्रह गर्दै अधिकारी डुक्पाले आगामी ११ अप्रेलदेखि २० अप्रेलसम्म उपभोक्ताहरू बुझाएका विभिन्न समस्याको समाधान हेतु कार्य गरिने थप जानकारी दिइन। तिनले पहिलो अप्रेल आज सिटोङ एक,दुई र तीन ग्राम पंचायतमा भएको अवगत गराउँदै अब आगामी ४ अप्रेलको दिन महानदी, घैयाबारी एकमा हुने तथा ५ अप्रेलको दिन घैयाबारी दुइ, घैयाबारी तीनमा हुने अवगत गराइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement