जलपाईगुडी जिल्लामा दम्पत्तिको अस्वाभाविक मृत्युले हड़कम्प

5672860068610048.jpeg.jpg

जलपाईगढ़ी: जिल्लाको वार्ड नम्बर १२ एक दम्पत्तिको अस्वभाविक मृत्यु भएको कारण हड़कम्प मचेको छ। यो घटना जलपाईगढ़ी नगर पालिकाको वार्ड नम्बर-१२ को पाण्डापाड़ जोयलेन क्षेत्रमा शनिवार बिहान घटेको हो।
मृतक दम्पत्तिको नाम अपर्णा भट्टाचार्य (५५) र सुबोध भट्टाचार्य (६७) हो।जानकारी अनुसार, आज बिहान दम्पत्तिलाई गम्भीर अवस्थामा जलपाईगढ़ी सदर अस्पताल लगियो जहाँ चिकित्सकले सुबोधलाई मृत घोषित गरे। त्यही, अपर्णाको उपचार भईरहेको समय मृत्यु भयो ।पारिवारिक सूत्रहरू अनुसार, आज बिहान घरमा कुनै वस्तु जलेको गन्ध आईरहेको थियो। जब भित्र गएर हेरियो तब अपर्णा र सुबोध अस्वस्थ थिए। दुवैलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ती गराइयो। जहाँ दुवैको मृत्यु भयो। कोतवाली थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।उल्लेख्य, अपर्णा भट्टाचार्य जलपाईगढ़ी नगरपालिकाको पूर्व चेयरपर्सन थिइन्। उनले फरवर्ड ब्लकको टिकटमा २००० देखि मार्च २०२२ सम्म चेयरपर्सनको रूपमा काम गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement