कोलकाता: शनिवारदेखि पश्चिम बंगालको राजधानी कोलकातामा पार्किङ शुल्क बढ़ाइएको छ। दुई चक्के, चार चक्केदेखि लिएर बस, मालवाहक वाहन सबैले बढ़ेको पार्किङ शुल्क दिनपर्नेछ। वित्तीय वर्ष २०२३ -२४ को निम्ति कोलकाता नगर निगमको बजटमा पार्किङ शुल्क बढ़ाउने प्रस्ताव पारित गरिएको थियो। यस्तोमा आजदेखि यो फसेला लागू भयो।अहिलेसम्म दुई चक्के वाहनहरूको निम्ति पार्किङ शुल्क पाँच रूपियाँ प्रति घण्टा थियो। अबदेखि पहिलो दुई घण्टाको निम्ति १० रूपियाँ, तीन घण्टाको निम्ति ४० रूपियाँ, चार घण्टाको निम्ति ६० रूपियाँ र पाँच घण्टाको निम्ति ८० रूपियाँ दिनपर्नेछ। पाँच घण्टापछि पार्किङको निम्ति ५० रूपियाँ प्रति घण्टाको भुकतान गर्नपर्नेछ। चार चक्के वाहनहरूको मामिलामा आजभन्दा अगाड़ी १० रूपियाँ प्रति घण्टा दिनपर्थ्यो। शनिवारदेखि २० रूपियाँको भुकतान गर्नपर्नेछ। पार्किङ शुल्क दुई घण्टाको निम्ति ४० रूपियाँ, तीन घण्टाको निम्ति ८० रूपियाँ, चार घण्टाको निम्ति १२० रूपियाँ र पाँच घण्टापछि पार्किङ शुल्क १६० रूपियाँ भएको छ। त्यही, पाँच घण्टापछि मानिसहरूले पार्किङ शुल्क १०० रूपियाँ प्रति घण्टाको हिसाबले दिनपर्नेछ। बस, लरी सहित मालवाहक वाहनहरूको निम्ति पनि पार्किङ शुल्क बढ़ाइएको छ। तब बस, लरीको पार्किङको निम्ति २० रूपियाँ दिनपर्थ्यो। नयाँ शुल्क ढांचामा यो राशि बढ़ाएर ४० रूपियाँ गरिएको छ। चार घण्टा पार्क गर्दा २४० रूपियाँ दिनपर्नेछ। पाँच घण्टाभन्दा धेरै भए ३२० रूपियाँ दिनपर्नेछ। पाँच घण्टापछि २०० रूपियाँ प्रति घण्टको भुक्तान गर्नपर्नेछ नगर निगम सूत्रहरू अनुसार, पार्किङ एरियामा अतिरिक्त समयको निम्ति कारहरूको पार्किङको प्रवृत्तिलाई कम गर्नका लागि यो कदम उठाइएको छ।