भाइचुङ भोटियालाई फुटबललाई राजनीतिकरण नगर्न आग्रह

Bhaichung-Bhutia.jpg

गान्तोक: सिक्किम प्रिमियर लीगका आयोजक पक्ष एफडीपीएलले फुटबल आइकन मानिने भाइचुङ भोटियाको बयानप्रति दुःख व्यक्त गरेको छ। यस लीग आयोजना गर्नको निम्ति भोटियासँग सम्पर्क गरिएको, तर भोटियाले चासो नराखेको आयोजक समितिले दाबी गरेको छ। आज एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आयोजक समितिका संस्थापक सदस्यहरूले भोटियाले चाहेको भए यस प्रकारको प्रतियोगिता अगावै गर्न सक्ने मन्तव्य प्रकट गरे। यदि उनले यस प्रकारको प्रतियोगिता आयोजना गरेको भए राज्यका धेरै खेलाडीहरूले राष्ट्रियस्तरमा पुग्ने मञ्च पाउन सक्ने थियो भन्ने उनीहरूको भनाइ छ। आयोजक समितिका संस्थापक सदस्य निर्मल छेत्रीले फुटबल खेललाई राजनीतिकरण नगर्ने भोटियालाई आग्रह गरेका छन्। अहिलेसम्म आयोजक समितिले निःस्वार्थ भावनाले खेल आयोजना गरिरहेको समयमा फुटबल जगतका लिजेन्ड मानिने भोटियाले यस प्रकारको बयान दिनाले आयोजक समितिलाई चोट पुयाएको उनले जनाए। भोटिया हाल राजनीतिमा सक्रिय रहेको कारण उनले खेलप्रति कुनै चासो नदेखाएको उनले बताए। आगामी दिन यस प्रकारको प्रतियोगिता अझ आकर्षक ढङ्गमा आयोजना गर्न सकिने उनले सम्भावना व्यक्त गरे। यसरी नै रबिन गुरूङ, सञ्जु प्रधान, विकास जैरू र निम छिरिङले पनि भोटियाको बयानप्रति दुःख व्यक्त गर्दै यदि आयोजक समितिबाट कुनै प्रकारको त्रुटी भएमा आएर सिकाइदिन भोटियालाई आग्रह गरेका छन्।

About Author

Advertisement