हात्तीको दारासहित एकजना पक्राउ

IMG-20220616-WA0126.jpg

कालचिनी। निलपाड़ा रेञ्जका बनकर्मीहरूले आज एकजना वन्यजन्तु तस्कर उत्तम बर्मन नामक व्यक्तिलाई पक्राउ गर्न सफल भएको जान्नमा आएको छ। बुधाबार साँझ सुभाषिनी चियाबारी लाईन क्षेत्रमा एउटा गोप्य सूचनाको आधारमा निलपाड़ा रेञ्जका बनकर्मीहरूले अभियान चलाईरहेको क्रममा एउटा मोटरबाइकमा सवार दुईजना आरोहीलाई रोकेर सोधखोज गर्दा सो मोटरबाइकमा सवार उत्तम बर्मन नामक व्यक्तिलाई बनकर्मीहरूले हात्तीको दारासहित पक्राउ गर्न सफल भएको थियो भने अर्को बाइक सवार मौका छोपेर भाग्न सफल भएको बताईएको छ।
पक्राउ परेका अभियुक्त उत्तम बर्मन अलिपुरद्वार एक नम्बर ब्लक बन्चुकामारी फोक्साडाङ्गा निवासी रहेको पुलिस सुत्रले जनाएका छन्।
उत्तम बर्मन विरुद्ध पहिलादेखि नै धेरै मामिला पुलिस समक्ष रहेको थियो भने बुधबार साँझ एउटा मोटरबाइकमा उक्त हात्तीको दारा लिएर जयगाउँतर्फ गईरहेको क्रममा बन विभागले रङ्गेहात पक्राउ गर्न सफल भएको थियो।
आज उक्त आरोपीलाई अलिपुरद्वार जिल्ला अदालतमा उभ्याएपछि ७ दिनको पुलिस रिमान्डमा उत्तम बर्मनलाई ल्याईएको बन विभाग औ पुलिस सुत्रले जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *