बङ्गला भाषाबाट राभा भाषामा अनुदित पठनको व्यवस्था

4c236a30-c659-45bb-96ee-4ef09873e700

कालचिनीः कालचिनी खण्डको मेन्दाबारी संलग्न कोदालबस्तीमा राभा जनजातिको बसोबास रहेकोले त्यहाँ स्थित बङ्गला माध्यमको प्राथमिक विद्यालयमा राभा विद्यार्थीहरूले बङ्गला पढ़न धेरै असुविधा बोध गरिरहेको परिस्थितिलाई मध्यनजर गर्दै अहेड इनिसिएटिभ र कालचिनी पञ्चायत समितिको संयुक्त पहलमा सोही गाउँका चारजना शिक्षित राभा युवतीहरू क्रमैले सुजुकी राभा, मुजनी राभा, कृपा राभा र सलोनी राभाको सहयोगितामा अबउसो बङ्गला भाषामा छापिएको किताबको कतिपय पठन विषयवस्तुलाई राभा भाषामा अनुदित गरेर पढ़ाउने व्यवस्था गरिएको अहेड इनिसिएटिभको पक्षबाट मनिक सिंहले शनिबार जनाएका छन्।
धेरै जसो प्राथमिक विद्यालयहरू बङ्गला माध्यमको रहेको तर धेरै जनजातिलाई उनीहरूको भाषामा किताब पढ़ाएर बुझाउन पाउँदा ती जनजातिका विद्यार्थीहरूले छिटो बुझ्न सक्ने कुरालाई केन्द्रमा राखेर यो व्यवस्था कालचिनी पञ्चायत समिति अनि अहेड इनिसिएटिभले संयुक्त पहल गरेको मनिक सिंहले थप जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement