खरसाङ: खरसाङ देवराली समष्टिको चित्रे बस्तीमा रहेको नौ कन्या सिंह देवी मन्दिरमा सम्पन्न पूजामा क्षेत्रीय सभासद श्याम शेर्पाले दर्शन गर्दै पूजा अर्चना गरेका छन्। वार्षिक रूपमा गरिने नव दुर्गा भनावीको पूजा आज पनि सम्पन्न गरिएको छ। उक्त पूजामा खरसाङ देवराली समष्टिको सभासद श्याम लगायात नारी शक्ति खरसाङ देवराली समष्टिको सभापति सुष्मा मुखिया, सांगठनिक सचिव ललिता छेत्री लगायत युवा शक्तिको प्रतिनिधिहरू उपस्थित रहेका थिए। २०० वर्ष अघिदेखि पूजा अर्चना हुँदै आएको उक्त मन्दिरमा धेरै भक्तजनको आस्था र विस्वास रहेको छ। आज यहाँ पूजा अर्चना गर्नलाई खरसाङ देवराली समष्टीको विभिन्न क्षेत्रहरू जस्तै चिमनी, देवराली, मजुवा, चैतेपानी, डाउहिल, भिक्टोरिया, खुन्द्रुके बस्ती लगायत अन्य विभिन्न क्षेत्रहरूबाट श्रध्दालुहरू पूजा अर्चना गर्न आएका थिए।

नौ कन्या सिंह देवी मन्दिर नजिकैमा रहेको बोजु मन्दिरमा पनि पूजा अर्चना गरिएको जानकारी प्राप्त भएको छ। नौ कन्या सिंह देवी मन्दिरमा सभासद श्याम शेर्पाले पूजा अर्चना गरी पत्रकारहरूसित कुराकानी गर्दै सभासद श्याम शेर्पाले मन्दिरको जीर्णोध्दारको कार्य गर्ने र मन्दिरमा पानी पर्दा असुविधा नहोस् भनेर बाटोमा छाना बनाई दिने र शेडको व्यवस्था पनि गरिदिने वचन दिएका छन्। उनले यसको लागि स्थानीहरूसित बसेर सर सल्लाह गरी कार्य गर्ने बताएका छन्। चित्रे बस्तीमा रहेको नौ कन्या सिंह देवी मन्दिर सञ्चालन समितिको सभापति अञ्जु लेप्चाले विस्तृत रुपमा बताएका छन्। उनले यो मन्दिरमा २०० वर्ष अघिदेखि यहाँ पूजा अर्चना गरिन्दै आएको र यस मन्दिरको विषयमा सबैले धेरै आस्था र विश्वास राख्ने बताउँदै आज हाम्रो निमन्त्रणा स्वीकार गर्दै सभासद श्याम शेर्पाप्रति आभार प्रकट गरेका छन्।