सिलगढी: सिलगढीमा आजदेखि जी-२० सम्मेलन शुरू भएको छ। गुजरातको कच्छपछि सिलगढीमा दोस्रो जी-२० सम्मेलन आयोजित गरिएको हो। उक्त सम्मेलनमा भाग लिन १५१ जनाको एउटा प्रतिनिधि टोली आज आइपुगेका छन्। देश-विदेशबाट आएका प्रतिनिधि टोलीका सदस्यहरूलाई आदिवासी नृत्य तथा ढोलक बजाएर स्वागत गरियो। तीन दिवसीय उक्त सम्मेलनमा प्रतिनिधि टोलिका सदस्यहरूले मुख्यरूपमा आउँदो दिनमा पर्यटन उद्योगको विकास तथा पर्यटनको विकासमाथि चर्चा परिचर्चा गर्नेछन्। प्रतिनिधि टीमका सदस्यहरूले मकैबारी चियाकमान र पहाडी इलाकाको पनि अवलोकन गर्नेछन्।