खाली ठाउँमा सरसफाई गर्दा १० फिट लामो अजिङ्गर उद्धार

bd645be7-2726-4663-9fa1-8d2f85765a84

सिलगढी: फुलबारी इलाकाबाट फेरि एक पटक ठूलो अजिङ्गरको उद्धार भएको छ। शनिबार दिउँसो लगभग १२ बजे सिलगढीबाट केही दूरीमा रहेको फुलबारीको नयाँ बजार क्षेत्रमा सुनसान ठाउँको सरसफाई भइरहेको थियो। त्यसै समयमा मजदुरहरूको नजर त्यस विशाल अजिङ्गरमा पऱ्यो। अजिङ्गर देखेको खबर फैलिन साथ छेउछाउका मानिसहरूको घुइचो लागेको थियो। खबर डाबग्राम रेन्ज वन कर्मचारीलाई दिइएको थियो। अन्ततः डाबग्राम रेन्जका वन कर्मचारी आएर अजिङ्गरलाई सकुशल उद्धार गरे। उक्त अजिङ्गरको लम्बाइ लगभग १० फिट रहेको छ। वन रेन्जरको निर्देशन अनुसार अजिङ्गरलाई जंगलमा छोडिने उद्धारकर्मीहरूले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement