गान्तोकः राज्य पशुपालन एवं पशुचिकित्सा सेवा विभागका सेवानिवृत्त र स्थानान्तरित अधिकारीहरूको निम्ति बिदाई कार्यक्रम आयोजन गरिएको छ। विभागका सेवानिवृत्त प्रधान निदेशक डा. तिलोतमा बजगाईं, निदेशक डा. मदन के. शिवशंकर, संयुक्त निदेशक निर्मल राई, संयुक्त सचिव शान्ति दियाली र तीनजना स्थानान्तरित अधिकारीहरूको निम्ति बिदाई कार्यक्रम आयोजन गरियो। विभागका एक्सटेन्शन एवं प्रशिक्षण हलमा आयोजित कार्यक्रममा विभागका सचिव डा. पी. सेन्थिल कुमार तथा विभागका अन्य वरिष्ठ अधिकारीहरू उपस्थित थिए। सेवानिवृत्त र स्थानान्तरित अधिकारीहरूलाई खदा लगाइदिएर स्मृति चिन्ह प्रदान गरियो।
सेवानिवृत्त अधिकारी बजगाईंले विभागमा विभिन्न क्षमतामा काम गरेको अनुभव सम्झाना गर्दै आफु सेवानिवृत्त बने तापनि खॉंचो परेको खण्डमा विभागलाई तकनीकी सहयोग गर्न आफु तत्पर रहने बताइन्। यसैगरी, डा. शिवशंकरले आफ्नो कार्यकाल अवधि विभागबाट प्राप्त सहयोगको निम्ति धन्यवाद दिए। विभागका सचिव कुमारले सेवानिवृत्त प्रधान निदेशक र संयुक्त निदेशकले दिएको उल्लेखनीय योगदानको सराहना गर्दै राज्य सरकारको तर्फबाट कृतज्ञता व्यक्त गरे।