दार्जीलिङ: टेटपरीक्षा लिएर राब्गे राईले जीटीएका मुख्य कार्यपाल अनित थापालाई पत्र लेखेका छन्l सो पत्र उनले टेट परीक्षार्थीहरूको पैसा जीटीए सभाले फिर्ता गर्नुपर्ने माग गरेका छन्l दार्जीलिङ दुई समष्टिको हाम्रो पार्टीका कार्यकर्ता राब्गे राईले समष्टि सभासद अजय एडवर्डसको माध्यमद्वारा हिजो शुक्रबार अनित थापालाई पत्राचार गरेको बताएका छन्। पत्रमा राब्गे राईले गत केही वर्ष अघि जीटीएले टेट परीक्षा आयोजना गरेको थियो, आज यतिका वर्षहरू बितिसक्दा पनि जीटीएद्वारा आयोजित टेट परीक्षाको परिणाम आउन नसक्दा परीक्षार्थीहरूको मनमा धेरै प्रकारको प्रश्नहरू उठिरहेको थियो भन्ने कुरा गरेका छन्l उनले भने, ‘जब जीटीएले आयोजना गरेको टेट परिक्षालाई मान्य गरिएन भने परीक्षार्थीहरूको शुल्क इमान्दारितापूर्वक फिर्ता गरिनुपर्छl टेट परीक्षाको शुल्क जतिसुकै भए पनि हजारौं परीक्षार्थीहरूले परीक्षाको शुल्क तिरेर परिक्षामा भाग लिएका थिएl’