दार्जिलिङ: हाम्रो पहाड़ तराई डुवर्स चियाबारी मजदूर संघको विस्तार तिब्ररुपमा अघि बढिरहेको छ। यसै सन्दर्भमा खरसांग महकुमा समिति अन्तर्गत सन्त मेरी टुंग समष्टिको मार्गरेट्स होप चियाबागानमा हाम्रो पहाड़ तराई डुवर्स चियाबारी मजदूर संघको बैठक सम्पन्न भएको छ। मार्गरेट होप चिया बगानका मजदूरहरुको समस्या विरुद्ध आवाज उठाउँन हाम्रो पहाड़ तराई डुवर्स चियाबारी मजदूर युनियन गठन गरिएको थियो, जसमा अध्यक्ष राजेश तामाङ, उपाध्यक्ष सत्यकुमार तामाङ, सचिव सुकराज सुब्बा, सहसचिव वरुण सुब्बा, कोषाध्यक्ष निर्मला तामाङ र विजय दोङ रहेका छन र अन्य ७ जना सदस्यसहित समिति गठन गरिएको छ। त्यसरी नै नागरीफार्म चियाबगानमा पनि हाम्रो पहाड तराई डुवर्स चियाबारी श्रमिक संघ गठन गरिएको छ। जसमा, छिरिङ तामाङ अध्यक्ष, प्रसाद राई, पेम्बा तामाङ उपाध्यक्ष, फुर्वा तामाङ सचिव, कोषाध्यक्ष सुरेन मुखिया लगायत ७ सदस्यीय समिति गठन गरिएको छ।