नगरपालिका अध्यक्षलाई हाम्रो पार्टीकी अञ्जलीको सुझाव

00-1-Anjali-Sharma-1

दार्जीलिङ: हाम्रो पार्टीकी कार्यकर्ता अञ्जली शर्माले दार्जीलिङ नगरपालिका अध्यक्ष दिपेन ठकुरीको आलोचना गरेकी छिन्l उनले भनिन्, ‘दिपेन ठकुरीले दार्जीलिङ नगरपालिका चेयरम्यानको महत्व बुझेका  छैनन्l’ तीन दिन अघि दार्जीलिङ नगरपालिकाको बीओसीको सभामा नगरपालिका अध्यक्ष दिपेन ठकुरीले महिला नगरपार्षदिकाहरुलाई  अपशब्दको प्रयोग र नगरपार्षदहरूलाई आफू  बसेको चौकी उठाएर प्रहार गर्ने प्रयास गरेको आरोप  हाम्रो पार्टीले लगाएको छl अञ्जली शर्माले भनिन्, ‘दार्जीलिङ नगरपालिकाको गठन सन् १८५० मा भएको हो, त्यसकारण दार्जीलिङ नगरपालिकाको महत्व छुट्टै  रहेको छ। दार्जीलिङ नगरपालिकालाई हामीले लिएर अघि बढाउन सक्यौं भने यसले हाम्रो गरिमालाई अघि बढाउन ठूलो सहयोग पुर्याउने  छl १८५० देखि दार्जीलिङ नगरपालिकामा धेरै चेयरम्यानहरू भए अनि उनीहरूले आफ्नो कार्यकालको अवधिमा  छुटै  छापहरू छोडेर गएका  छन्l अनि उनीहरूको कार्यशैली साथै कार्ययोजनाहरूबाट हामीले धेरै कुराहरू सिक्न सक्छौं। दार्जीलिङ नगरपालिका एक धरोहर पनि हो, त्यसकारण तपाई बसेको चौकी कति महत्वपूर्ण रहेछ भन्ने आफै सोच्नुहोस्l’ उनले भनिन्, ‘दिपेन ठकुरी आज जुन  पदमा बसेका छन्, त्यो पदद्वारा दार्जीलिङलाई अधि बढाएर लैजानमा ठूलो भूमिका निर्वाह गर्नसक्छl दार्जीलिङमा अहिले अवैध निर्माण, क्यान्सरको रूपमा खडा भएको छ अनि यो क्यान्सर रूपी अवैध निर्माणले दार्जीलिङलाई दिन प्रतिदिन मृत्युको मुखमा लाने काम  गर्दैछ, यो अबैध निर्माणका कार्यहरू धेरै अघिदेखि नै चल्दै आइरहेको छl तर चल्दै गरेको वर्तमान अवैध निर्माणहरूमाथि रोक लगाउनु त सकिन्छl’ उनले अझ भनिन्, ‘दार्जीलिङलाई पहाडकी रानी भन्ने गरिन्छ, तर अवैध निर्माणहरूले गर्दा पहाडको प्राकृतिक सुन्दरताहरूलाई छेक्ने कामहरू भइरहेको छ, जसको कारणले गर्दा दार्जीलिङको पयर्टन स्तर दिन प्रतिदिन घट्दै जाँदैछl विगतका दिनहरूमा घुम्न आएका पयर्टकहरू पहिले दार्जीलिङ आउँथे  अनि सिक्किम जान्थे, तर अहिले उल्टो  भएको छl रितेश पोर्तेलले दार्जीलिङ नगरपालिकाको चेयरम्यानको पदमा छदाँ  यी विषयहरूमाथि कदम उठाउदै आइरहेका थिए अनि निर्माणाधीन अवैध निर्माणहरू माथि रोक लगाउने काम गरेका थिएl’ अञ्जली शर्माले सुझाव दिँदै भनिन्, ‘तपाईले गरेको राम्रो कामलाई हाम्रो पार्टीको नगरपार्षद एंव हाम्रो पार्टीले समर्थन दिनेछ, साथै साथ पनि दिनेछl तर तपाई बसेको चौकीको कदर तपाई आफैले गर्नुपर्छ, महिलाहरूमाथि अपशब्दको प्रयोग गर्नुहुँदैन, नगरपार्षदहरूमाथि आफू   बसेको चौकी उठाएर प्रहार गर्ने प्रयास गर्नुहुँदैनl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement