सिटोङ-लाठपञ्जार समष्टिका निर्दलीय प्रार्थी रमेश छेत्रीद्वारा विभिन्न क्षेत्रहरूमा चुनाव प्रचार जारी

Ramesh-Chettri

खरसाङ: सिटोङ लाठपञ्जार समष्टिबाट निर्दलीय प्रार्थीको रुपमा चुनाव लड़िरहेका रमेश छेत्रीले आफ्नो समष्टिमा लगातार रुपमा चुनाव प्रचार गरिरहेका छन्। अनित थापाले चुनाव लडिरहेको समष्टि सिटोङ-लाठपञ्जार समष्टिबाट निर्दलीय प्रार्थीको रुपमा खड़ा भएका रमेश छेत्रीले समष्टिको विभिन्न स्थानहरूमा पुगेर चुनाव प्रचार गरिरहेका छन्। उनको पक्षमा सिटोङमा ‘समष्टि व्यवस्था परिवर्तन’ जुलुस पनि आयोजना गरिएको थियो। उक्त जुलुस सिटोङको आहाल डाँड़ादेखि मानासम्म र मानादेखि घलेटार हुँदै गुम्बा गाउँसम्म पुगेर फेरि आहाल डाँड़ासम्म गरिएको थियो। यसै क्रममा निर्दलीय प्रार्थी रमेश छेत्रीले सिटोङ लाठपञ्जार समष्टिको लाठपञ्जारको विभिन्न गाउँहरू गुम्बा गाउँ, गणेशधुरा, बडिङ धुरा, पाँच एकर, झोली बन बस्तीतिर पनि पुगेर चुनाव प्रचार गरेका थिए। सिटोङ लाठपञ्जार समष्टिबाट यसपाली भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापा, हाम्रो पार्टीको तिमोथी मुखिया र दुईजना निर्दलीय प्रार्थीहरू क्रमैले रमेश छेत्री र शारदा राई सुब्बाले चुनाव लडिरहेका छन्। सबैले लगातार रूपमा चुनाव प्रचार जारी राखेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement