सिलगढी: आजदेखि जी-२० सम्मेलन शुरू भएको छ। गुजरातको कच्छपछि सिलगढीमा दोस्रो जी-२० सम्मेलन आयोजित गरिएको हो। यो सम्मेलनमा अंश ग्रहण गर्नकोलागि १५१ मानिसहरूको एउटा प्रतिनिधि टीम आज बाघडुग्रा हवाईअड्डामा आइपुगेका छन्। देश-विदेशबाट आएका प्रतिनिधि टीमका सदस्यहरूलाई बाघडुग्रा हवाईअड्डामा आदिवासी नृत्य तथा ढोलक बजाएर स्वागत जनाइयो। तीन दिवसीय यस सम्मेलनमा प्रतिनिधि टीमका सदस्यहरूले मुख्य रूपमा आगामी दिनमा पर्यटन उद्योगको विकास तथा पर्यटनको विकासमाथि चर्चा परिचर्चा गर्नेछन्। प्रतिनिधि टीमका सदस्यहरू मकैबारी चियाकमान र पहाडी इलाकाको पनि निरीक्षण गर्नेछन्।