सिलगढीः जी २० सम्मेलन आजदेखि सिलगढीमा सुरु हुँदैछ। केन्द्रीय पर्यटन मन्त्री जी किशन रेड्डी सम्मेलनमा भाग लिन बागडोग्रा एयरपोर्टमा अवतरण गरे। सिलगढी र नक्सलबारीका बीजेपी विधायकहरूले बागडोग्रा एयरपोर्टमा केन्द्रीय मन्त्रीलाई भव्य स्वागत गरे। यसपछि पत्रकारहरूलाई सम्बोधन गर्दै पर्यटन मन्त्री जी किशन रेड्डीले सिलगढीमा भएको जी २० सम्मेलनको यो दोस्रो बैठक हो भने। सम्मेलनमा ३० देशका प्रतिनिधि सहभागी हुनेछन् । त्यसपछि श्रीनगर र अन्तमा गोवामा बैठक हुनेछ।
साथै हावडा घटनामा उनले हावडा घटना दुर्भाग्यपूर्ण भएको बताए । कानून र व्यवस्था राज्यको हातमा छ। यस्ता घटना नदोहोरियोस् भनेर प्रदेश सरकारलाई आग्रह गर्दछु । शान्ति कायम गर्दै जनतामा विश्वास बढाउन जरुरी छ ।