सन्दकफुमा भारी हिमपातका कारण मौसम रमाइलो

0c16a7aa-473b-4e94-83e2-f3c3d5cfb216

दार्जिलिङ: सन्दकफुमा शुक्रबारदेखि भारी हिमपात शुरु भएको थियो, जो शनिबारसम्म पनि जारी छ। जसका कारण सिलगढी सहित सम्पूर्ण उत्तर बङ्गालको मौसम रमाइलो बनेको छ। शुक्रबार साँझ सिलगढीमा हल्का वर्षा भयो भने केही स्थानमा भारी वर्षा भएको थियो। चिसो हावा शनिबारसम्म जारी छ। सन्दकफुमा शनिबार बिहान भारी हिमपात भएसँगै हिमपातको मज्जा लिन पर्यटकको घुइँचो लागेको छ। यसैबीच जी–२० शिखर सम्मेलनका लागि विदेशी पाहुना पनि खरसाङ प्रस्थान गरेका छन्। यस्तो अवस्थामा यो रमाइलो मौसमले पनि पर्यटकहरूको स्वागत गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement