उत्तर दिनाजपुर: ट्रकले किचेर एक साइकल यात्रीको मृत्यु भएको छ। घटना उत्तर दिनाजपुर जिल्लाको इस्लामपुरस्थित चौरङ्गी मोड राज्य राजमार्गमा भएको हो। मृत्यु हुने साइकल चालकको नाम स्वपन दास (५५) हो। तिनी इस्लामपुर थानाको आमबागान क्षेत्रका बासिन्दा थिए। स्थानीय स्रोतअनुसार ती व्यक्ति आज बिहान साइकलमा घरबाट काम गर्न जाँदै थिए। त्यसैबेला इस्लामपुर सहरको चौरङ्गी मोड राज्य राजमार्गमा सिलगढीबाट आउँदै गरेको ट्रकले साइकल यात्रीलाई ठक्कर दिँदा स्वपन दासको घटनास्थलमै मृत्यु भएको हो। खबर पाएर इस्लामपुर पुलिस चौकी घटनास्थलमा पुगेको थियो। पुलिस ले शव बरामद गरी पोष्टमार्टमका लागि इस्लामपुर महकमा अस्पतालमा पठाएको छ। पुलिस ले ट्रकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ।