गोरुबथान: एक महिना अघि १६ मईको दिन सुकुनामा ‘नथाक्ने घोडा सुरेन प्रधान’ पुस्तक लोकार्पण भएको थियो। सुपरिचित साहित्यकार कृष्ण प्रधानद्वारा सम्पादित समाजसेवी सुरेन प्रधानको जीवनी संकलन ‘नथाक्ने घोडा सुरेन प्रधान’को विधिवत रुपमा लोकार्पण गरिएको थियो। एक महिना पनि नबित्दै सो पुस्तक बिक्री भइसकेको र अझ यसको माग बढेपछि थप प्रकाशित गर्न परेको छ भनि सुरेन प्रधानले बताएका छन्। यसपल्ट सुदीप गिरीको प्रकाशनमा यस पुस्तकको दोस्रो संस्करण प्रकाशित भइरहेको छ। यसको पनि लोकार्पण आउँदो १६ जुलाईको दिन सुकनामा हुने जानकारी सुरेन प्रधानले दिएका छन्।