भारत: कोभिड-१९ अपडेट

Corona-1-copy

नयाँ दिल्ली: राष्ट्रव्यापी कोविड खोपअन्तर्गत हालसम्म कुल २२०.६६ करोड (९५.२१ करोड दोस्रो खोप र २२.८६ करोड सुरक्षा खुराक) खोपहरू प्रशासित गरिएको छ। पछिल्लो २४ घण्टामा ९ हजार ९ सय ८१ खोप लगाइएको छl भारतमा सक्रिय बिरामीहरूको सङ्ख्या १६ हजार ३५४ छl सक्रिय मामला दर ०.०४ प्रतिशत रहेको छ भने हालको स्वस्थ दर ९८.७७ प्रतिशत छl पछिल्लो २४ घण्टामा १ हजार ८ सय ४० जना स्वस्थ भएका छन्, अहिलेसम्म स्वस्थ हुनेको कुल सङ्ख्या ४ करोड ४१ लाख ७१ हजार ५५१ पुगेको छ। पछिल्लो २४ घण्टामा २ हजार ९ सय ९४ नयाँ संक्रमित थपिएका छन्l दैनिक सक्रिय मामला दर २.०९ प्रतिशत छl साप्ताहिक सक्रिय मामला दर २.०३ प्रतिशत रहेको छ भने अहिलेसम्म ९२.१६ करोड परीक्षण, पछिल्लो २४ घण्टामा १,४३,३६४ परीक्षण गरिएको छl  -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement