सासाराममा हिंसाका कारण गृहमन्त्रीको भ्रमण रद्द

Amit-Shah

नयाँ दिल्ली: केन्द्रीय गृहमन्त्री अमित शाहले २ अप्रेलमा सासाराम जिल्लाको भ्रमण गर्ने कार्यक्रम थियो, जहाँ सम्राट चौधरीको जन्मजयन्ती समारोहमा भाग लिने उनको कार्यक्रम थियो। हाल रामनवमीको शोभा यात्रामा भएको हिंसापछि गृहमन्त्रीले आफ्नो भ्रमण रद्द गरेका छन्। गृहमन्त्री अमित शाहको भ्रमण रद्द भएको जानकारी दिँदै बिहार भाजपा प्रदेश अध्यक्ष सम्राट चौधरीले नितिश कुमारको सरकारमाथि गम्भीर आरोप लगाएका छन्। सम्राट चौधरीले बिहार सरकारले पनि राज्यमा सुरक्षा दिन नसक्ने भन्दै कार्यक्रम रद्द गर्नुपरेको बताए। बिहार भाजपा अध्यक्षले आफ्नो कार्यकर्तामाथि हमला भइरहेको आरोप लगाए। उनले भने, ‘हाम्रो कार्यक्रम आफै सुरक्षित छैनl’ सम्राट चौधरीले सासाराममा सरकारले धारा १४४ लगाएको बताए। उनले अझ भने, ‘त्यसोभए हामी कसरी कार्यक्रम गर्नसक्छौं? पार्टीले यो कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ। नवाडामा १४४ लगाइएको छैन, हाम्रो कार्यक्रम त्यहीँ जारी रहनेछl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement