१ अप्रेलः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को उद्धाटन म्याचमा गत सीजनको च्याम्पियन गुजरात टाइटन्स विरुद्ध ५ विकेटले पराजित भएपछि चेन्नई सुपर किंग्सका दिग्गज कप्तान एमएस धोनीले उनको टीम सोचेको भन्दा १५-२० रन पछि रहेको बताए। आफ्नो कप्तानीमा चेन्नई सुपर किंग्सलाई चारपल्ट च्याम्पियन बनाउने धोनीले म्याचपछि भने, हामीले अझ १५-२० रन बनाएको भए राम्रो हुने थियो। मैदानमा सामान्य शीत रहने हामीलाई थाहा थियो। म्याच साँझ ७:३० बजीदेखि शुरु भएको हुनाले शुरुवातमा बल सामान्य रोकिएर ब्याटमा आइरहेको थियो। यसबाहेक हामीले बीचको ओभरहरूमा असल ब्याटिंग गर्न सक्थ्यौं। केवल ८ रनले गर्दा शतकदेखि वञ्चित हुने आफ्नो टीमका ओपनिंग ब्याटर रुतुराज गायकवड़को प्रशंसा गर्दै धोनीले भने, रुतुलाई ब्याटिंग गरिरहेको हेर्नु असाधारण अनुभव रह्यो। उनले आफूलाई सही तरिकाले तयार गरेका छन् अनि दबाउमा सही फसेला लिने गर्छन्। म्याचमा चेन्नईका बलरहरूले दुईपल्ट नो बल गरे अनि धोनीले आफ्नो टीमलाई यसबाट बाँच्ने परामर्श दिए।