रिभष पन्तले कुनै हतार नगरोस् भन्ने चाहन्छन् डेविड वार्नर

IMG-20230401-WA0088.jpg

१ अप्रेलः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-मा दिल्ली क्यापिटल्सका कप्तान डेविड वार्नर टीमका नियमित कप्तान रिषभ पन्तले चोटमुक्त हुन पूरा समय लियोस् अनि मैदानमा ओर्लिन कुनै हतार नगरोस् भन्ने चाहन्छन्। विकेटकीपर ब्याटर पन्तलाई गत वर्ष दिसम्बरमा भएको कार दुर्घटनामा गम्भीर चोट लागेको थियो। उनी आईपीएलको यस सीजनबाट बाहिर भइसकेका छन् अनि अहिले चोटमुक्त हुने प्रक्रियामा रहेका छन्। लखनऊ सुपर जाइण्ट्स विरुद्ध शनिवार खेलिने टीमको शुरुवाती म्याचअघि वार्नरले भने, उनी (पन्त) यथासम्भव हाम्रो समर्थन गर्न उत्सुक छन्। उनी स्टेडियममा आएर हाम्रो म्याच हेर्न चाहन्छन् भन्ने मलाई थाहा छ तर अहिले उनी चोटमुक्त हुने प्रक्रियामा रहेका छन् अनि उनले पूरा आराम गरेर स्वास्थ्यमा ध्यान दिनु पर्नेछ।
वार्नरले टीमका उपकप्तान अक्षर पटेलको भूमिकाबारे पनि विचार व्यक्त गरे। उनले भने, अक्षरलाई टीमका सबै खेलाड़ीहरूबारे धेरै जानकारी छ। उनले बलरहरूलाई जानकारी दिने अनि भाषाको वाधालाई पन्साउनमा मलाई सहायता गर्नेछन्। यस ओपनिंग ब्याटरले बताएअनुसार, २०१९ पछि पहिलोपल्ट टुर्नामेण्ट पहिला जस्तै होम एण्ड अवे प्रारूपमा फर्किँदा टीमहरूलाई घरेलु मैदानको फाइदा प्राप्त हुनेछ। वार्नरले भने, तपाईंलाई आफ्नो घरेलु मैदानमा विकेटलाई बुझ्ने मौका प्राप्त हुन्छ। यसले तपाईंलाई आफ्ना प्रशंसकहरूका समर्थन हासिल हुन्छ। यसले टीमको हौसला अवश्यै बढ़्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement