१ अप्रेलः बलरहरूका प्रभावशाली प्रदर्शनपछि शुभमन गिल (६३ रन)-को अर्द्धशतकीय ईनिंग्सको दममा वर्तमान च्याम्पियन गुजरात टाइटन्सले इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को उद्घाटन म्याचमा चारपल्टको च्याम्पियन चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गऱ्यो। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भव्य उद्घाटन समारोहपछि खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै चेन्नई सुपर किंग्सले २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनायो। रुतुराज गायकवड़ले ५० बलमा सर्वाधिक ९२ रन बनाए। उनले ९ वटा छक्का र ४ वटा चौका लगाए। यसबाहेक मोईन अलीले २३ रनको योगदान दिए। कप्तान एमएस धोनीले ७ बलमा अविजित १४ रन बनाए। बेन स्टोक्स केवल ७ रन बनाएर आउट भए।

गुजरातका बलरहरूमा मोहम्मद शमी, राशिद खान र अल्जारी जोसेफले २-२ विकेट लिए। जवाफमा गुजरात टाइटन्सले ४ बल बाँकी रहँदै ५ विकेटमा १८२ रन बनाएर रोमाञ्चक जीत हासिल गऱ्यो। ओपनर शुभमन गिलले ६ वटा चौका र ३ वटा छक्काको साथ ३६ बलमा ६३ रन बनाए। यसबाहेक विजय शंकरले २७, रिद्धिमान साहाले २५ र साई सुरदर्शनले २२ रनको योगदान दिए। चेन्नई सुपर किंग्सका बलरहरूमा राजवर्धन हेंगरगेकरले ३ विकेट लिए। राशिद खानलाई प्लेयर अव् द म्याच चयन गरियो।