कामरूप: राज्यको सतर्कता एवं भ्रष्टाचार निरोधक निदेशालयले शुक्रवार कामरूप (ग्रामीण) जिल्लाको कमलपुर राजस्व सर्कलकी लाट मण्डल (लेखपाल) गीतांजली डेका दासलाई घुस लिइरहेको अवस्थामा पक्राउ गरेको छ। शिकायतकर्ताले असमको सतर्कता एवं भ्रष्टाचार निरोधक निदेशालयको कमलपुर राजस्व सर्कलका अन्चल अधिकारी कार्यालयमा लाट मण्डल गीतांजली डेका दास विरूद्ध घुस मागेको आरोप लगाएका थिए। शिकायतकर्ता अनुसार, जमीन बिक्रीको अनुमतिको निम्ति सात हजार रूपियाँको घुस मागेकी थिइन्। पछि, पाँच हजार रूपियाँमा उनी तयार भएकी थिइन्। सतर्कता एवं भ्रष्टाचार विरोधी निदेशालयको टीमले जाल बिछाएर लाट मण्डल गीतांजली डेका दासलाई पाँच हजार घुससँगै पक्राउ गरेको छ। यस सम्बन्धमा एसीबी पुलिस स्टेशनमा मामिला दर्ता गरिएको छ।