मंगनः लिङचोम तिङ्गदा जीपीयू अन्तर्गत गैरी वार्डकी उम्मेदवार पासाङ ल्हमु शेर्पा निर्विरोध निर्वाचित भएकी छिन्। मंगन जिल्लाका जिल्लापाल कार्यालयमा आज आयोजित एक संक्षिप्त कार्यक्रममा जिल्लापाल हेमकुमार छेत्रीले विजयी उम्मेदवारलाई चुनाउ प्रमाण पत्र प्रदान गरे। जिल्लापालले नवनिर्वाचित पञ्चायत सदस्यालाई बधाई दिॅंदै उनको सफल कार्यकालको निम्ति शुभकामना व्यक्त गरे।
स्मरण रहोस, राज्यमा आगामी १२ अप्रेलको दिन पञ्चायत उप-चुनाउ प्रस्तावित रहेको छ। आज नामाङ्कन फिर्ता लिने अन्तिम दिन थियो।