पोषण पखवडा अन्तर्गत एनिमिया जाँच शिविर आयोजित

IMG-20230331-WA0207.jpg

गान्तोक: महिला एवम वाल विकास विभाग र सामाजिक कल्याण तथा स्वास्थ्य विभागको संयुक्त पहलमा आज पोषण पखवाडा अन्तर्गत एनिमिया जाँच शिविर आयोजना गरियो। सुन्तलेको एकलब्य मोडल रेसिडेन्सियल स्कूलमा आयोजित यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा सोही स्कूलका प्रचार्य डा. अमर कान्ति जना रहेकका थिए भने उनीसँग पोषण पखवाडाका डीपीओ लक्ष्मण तामाङ र कल्याण विभागका अधिकारी क्योन्दित लेप्चा सामेल रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि डा. अमर कान्ति जनाले यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा आयोजक समिति प्रति कृतज्ञता प्रकट गरे। उनले विद्यार्थीलाई खाद्य सुरक्षाको महत्वबारे जानकारी गराउँदै कोदोको सेवनले मानिसमा हुने लाभबारे विस्तृतरूपमा अवगत गराए। उनले कोदोलाई विभिन्न प्रकारले सेवन गर्न सकिने सुझाउ दिए। यसै क्रममा डीपीओ लक्ष्मण तामाङले युनाइटेड नेसनलेले यसै वर्ष अन्तराष्ट्रीय कोदो दिवस मनाउने घोषणा गरेको साथै जलवायु स्थायित्व र पौष्टिक लाभको बारेमा जनचेतना जगाउनको लागि गरिएको घोषणाबारे पनि जानकारी गराए। कोदोको सेवनले विभिन्न हानिकारक रोगबाट बाँच्न सकिने उनले मन्तव्य प्रकट गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement