जल जिवन मिशनबारे स्थानीयहरूसँग खण्ड विकास अधिकारीले गरे छलफल

IMG-20230331-WA0205.jpg

गान्तोक: नाम्चीस्थित स्यामपानी वार्ड, सोरोक अप्पर सोरोक वार्डमा जल जिवन मिशनबारे एक कार्यक्रम आयोजना गरियो। कार्यक्रममा जिल्ला पञ्चायत, खण्ड विकास अधिकारी लगायत नाम्चीका खण्ड प्रशासनिक केन्द्रका अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। सोरोक श्यामपानी जीपीयूका पञ्चायतहरूले तीन वार्डको निम्ति टेन्डरको आह्वान गरेका थिए। तर तीन वार्डका जनताले खण्ड विकास अधिकारीलाई ज्ञापन चढाएपछि टेन्डर स्थागित गरियो। यसै समस्यालाई समाधान गर्न हेतु आज यस प्रकारको कार्यक्रम आयोजना गरिएको हो। उनले आयोजनासँग सम्बन्धित जनताले उठाएका सबै समस्यालाई अभियन्ताहरूले प्राविधिक रुपमा सम्बोधन गर्ने आश्वासन दिए। कार्यक्रममा स्थानीयहरूसँग धेरै समयसम्म छलफल गरेपछि अन्ततः पून टेन्डर गरेर काम गरिने निर्णयमा पुगेको छ। स्थानीयहरूको माग अनुसार क्षेत्रमा खानेपानीको अभाव हुँदा जनताले भोग्नुपरेको समस्या समाधान गर्न सामाजिक काम गर्ने सोही वार्डबाट ठेकेदार छनोट होस् भन्ने जनताले चाहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement