गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य अहिले आफ्नो जन्मभूमि वाराणसी प्रवासमा छन्। सिक्किम फर्कने क्रममा आज उनको रामनगरस्थित आवास, वाराणसी र छेउछाउको क्षेत्रबाट मानिसहरूले भावयुक्त विदाई दिए। राज्यपाललाई फूल मालाहरूको वर्षा गरियो।
राज्यपालले स्नेह र उत्साहप्रति आभार व्यक्त गर्दै भने, रामनगर र वाराणसी निवासीहरूका आफ्नोपन नै मेरो उर्जा शक्ति र साहस हो, जसले मलाई समाज अनि राष्ट्रको भलाईको निम्ति काम गर्न प्रेरित गर्छ। आफ्नो वाराणसीबाट प्रस्थान अवधि मेरा आत्मीय जनको प्रेम, सहयोग र स्नेहले अभिभूत छु। तपाईहरू सबैको साथ मेरो सौभाग्य हो। तपाईहरू सबै मेरा प्रकाशका किरणहरू हुनुहुन्छ। राज्यपालले स्मृतिका प्रवाह, वाराणसीमा पण्डित दीनदयाल उपाध्यायप्रति सम्मान र श्रद्धा स्वरूप प्रतिमामा पुष्प अर्पित गरे। पण्डित दीनदयाल उपाध्याय एक प्रखर राष्ट्रभक्त, एकात्म मानववादका प्रणेता हुन्।