पञ्चायत उप-चुनाउः अप्पर फालीडॉंड़ा वार्डकी उम्मेदवार निर्विरोध निर्वाचित

Untitled-1-copy-86

नाम्चीः नाम्ची जिल्लाको निम्ति प्रस्तावित पञ्चायत उप-चुनाउलाई लिएर आज जिल्ला प्रशासनिक केन्द्रस्थित सहायक चुनाउ अधिकारीको कार्यालयमा नामाङ्कन फिर्ता लिने प्रक्रिया सम्पन्न गरियो। आज कूल दुई उम्मेदवारले आफ्नो नामाङ्कन फिर्ता लिए। नामाङ्कन फिर्ता लिने उम्मेदवारहरूमा अप्पर फालीडॉंड़ा वार्डकी निर्मला मंगर र लोवर गाङयोङ वार्डका वाईटी लेप्चा रहेका छन्। दुई उम्मेदवारले आफ्नो नामाङ्कन फिर्ता लिएपछि अब कूल पॉंच उम्मेदवार चुनावी मैदानमा रहेका छन्। अब लोवर गाङयोङ वार्डमा तीन उम्मेदवार र अप्पर छलमथाङ वार्डमा दुई उम्मेदवार छन्।

यसैगरी, अप्पर फालीडॉंड़ा वार्डकी उम्मेदवार बिनु राई निर्विरोध निर्वाचित भएकी छिन्। नामाङ्कन फिर्ता लिने प्रक्रिया पूरा भएपछि प्रतिस्पर्धी उम्मेदवारहरूलाई चुनाउ चिन्ह प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement