मंगनः मंगन जिल्लामा प्रस्तावित पञ्चायत उप-चुनाउको निम्ति दुई उम्मेदवारले आफ्नो नामाङ्कन फिर्ता लिएका छन्। नामाङ्कन फिर्ता लिने आज अन्तिम दिन रहेको थियो। नामोक स्वयेम जिल्ला पञ्चायतका दुई उम्मेदवारले आज आफ्नो नामाङ्कन फिर्ता लिएका छन्। जिल्लापाल तथा चुनाउ अधिकारी हेम कुमार छेत्रीले उम्मेद्वारिता फिर्ता लिएको सूचना ग्रहण गरे।