हनुमान मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न

252985e9-2d18-4753-b508-9c3f1fdd1f15

कालचिनीः कालचिनी खण्डको गंगुटिया चियाबारीको डिमा आउट डिभिजन स्थिन सन १९५४ सालमा स्थापित हनुमान मन्दिरमा शुक्रबार हनुमानको प्रतिमा स्थापित साथै प्राण प्रतिष्ठा सम्पन्न भएको जानकारी उक्त मन्दिर कमिटीको सदस्यहरूले दिएका छन्। पण्डित रामलोचन मिश्राले पूजा पाठ गरेर प्राण प्रतिष्ठा सम्पन्न गरेको थियो।
मन्दिर कमिटीको सदस्यहरूले बताएअनुसार पुरानो मन्दिर संलग्न जमीनमा नयाँ हनुमान मन्दिर निर्माण गरेर पुरानो मन्दिरको हनुमान प्रतिमालाई स्थापित गरिएको र मन्दिर निर्माणमा गाउँलेहरूले सहयोग गरेको र यसको विकासको लागि राम परिवारको गठन पनि गरिएको बताईएको छ।

About Author

Advertisement