एक दिवसीय शिक्षण कार्यशालाको आयोजना

b0ab9077-da5a-4539-a6a5-c625855e8a22

कालचिनीः कालचिनी पञ्चायत समितिको तत्वावधानमा शुक्रबार कालचिनी पञ्चायत समितिको सभागृहमा विभिन्न प्राथमिक औ उच्चमाध्यमिक स्कूलका शिक्षक-शिक्षिकाहरुलाई लिएर एक दिवसीय शिक्षण कार्यशालाको आयोजना गरियो। सो कार्यशालामा अहेड इनिसिएटिभ साथै एमबी सफ्टवेयर प्राइभेट लिमिटेडको संयुक्त पहलमा कार्यशाला सम्पन्न भएको थियो। विगत २०१८ सालको २५ जुनमा अहेड इनिसिएटिभ र एमबी सफ्टवेयर प्राइभेट लिमिटेडको संयुक्त पहलमा कालचिनी खण्डको ११ वटा ग्राम पञ्चायत क्षेत्रका प्रायः २० वटा प्राइमरी स्कूल, एमएसके र एसएसके शिक्षक शिक्षिकाहरूलाई लिएर प्रथम प्रशिक्षण सम्पन्न भएको थियो भने त्यहँबाट प्रत्येक तीन महीनामा यो कार्यशाला सम्पन्न हुँदै आईरहेको र यो बर्ष २०२२-२०२३ सत्रहको कार्यशालाको समापन पनि गरिएको अहेड इनिसिएटिभको अलिपुरद्वार जिल्ला सिनियर फील्ड म्यानेजर मानिक सिंहले जनाएका छन्।
शुक्रबार सम्पन्न उक्त कार्यशालाको उद्घाटन कालचिनी पञ्चायत समितिको शिक्षा कर्माध्याक्ष प्रेम लामाले गरेको थियो भने कार्यशालामा मुख्य प्रशिक्षकको रुपमा पश्चिम बंगाल प्राथमिक शिक्षा सिलेबस कमिटीको भूतपूर्व सदस्य देवाशीष मण्डल रहेको थियो। अन्यान्य प्रशिक्षकको रुपमा अहेड इनिसिएटिभका मानिक सिंह र मृन्मय भट्टाचार्य अनि अहेड इनिसिएटिभ र एमबी सफ्टवेयर प्राइभेट लिमिटेडको पीएस प्रशिक्षक श्रावणी भट्टाचार्यको उपस्थिति रहेको थियो। मूलतः प्राथमिक स्तरमा विद्यार्थीहरुलाई आधुनिक अनि प्रायोगिक शिक्षा प्रदान गर्ने बारेमा नै उक्त प्रशिक्षण दिएको अहेड इनिसिएटिभ सुत्रले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement