कुचबिहार: कुचबिहार मर्निंग आउटडोर समूहले कुचबिहारको ब्रह्मा मन्दिर परिसरमा विशेष चित्रकला कार्यशालाको उद्घाटन गरेको छ। कार्यशालाको उद्घाटन कुचबिहार नगरपालिकाका अध्यक्ष रवीन्द्रनाथ घोषले गरेका थिए। यो कार्यशाला तीन दिनसम्म चल्नेछ ।यस कार्यशालामा कुचबिहारका स्थानीय कलाकारहरू साथै असम र अन्य ठाउँका कलाकारहरूले भाग लिएका छन। यो कार्यशाला शुक्रबार, शनिबार र आइतबार तीन दिनसम्म चल्नेछ। शुक्रबार भएको उक्त कार्यशालामा विभिन्न कलाकारहरूले प्रकृतिको चित्र कोरेका थिए।