१ किलो १६२ ग्राम सुनसहित २ अन्तरराज्यीय तस्कर पक्राउ

9e10ea54-3cd4-44a3-a249-d85815321f95

सिलगढी: डीआरआई-ले १ किलोभन्दा अधिक सुन सहित दुई जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउपछि सो व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा नारायण शर्मा र कुबेर प्रसाद खतिवडा सामेल छन्। तिनीहरूमध्ये नारायण असम र कुबेर मणिपुर निवासी हुन्। गोप्य सूचनाको आधारमा डीआरआई को सिलगढी युनिट टीमले हिजो राजगञ्जको फाटापुकुर पानीकौरी टोल प्लाजा नजिक अभियान चलाएर असम नम्बर भएको एउटा वाहनलाई रोकेर छानबीन गर्दा वाहनको बेक्र कभरभित्र ८ पीस सुनको चुरा उद्धार गर्यो। उक्त सुनको वैध कागजपत्र देखाउन नसकेपछि वाहनमा सवार दुई जना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। यस विषयमा डीआरआई पक्षका वकील रतन बनिकले बताएअनुसार उद्धार गरेको सुनको ओजन लगभग १ किलो १६३ ग्राम रहेको छ, जसको अनुमानित बजार मूल्य लगभग ६८ लाख ६२ हजार रुपियाँ आँकेको छ। उक्त सुन असमदेखि सिलगढी हुँदै नेपाल तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement