सिलगढी: आलु बोकेको एउटा ट्र्याक्टर अनियन्त्रित भएर पल्टियो। उक्त घटना आज खोरीबारीको केलाबारी संलग्न इलाकाको ३२७ नम्बर राष्ट्रिय राजमार्गमा घटेको हो। प्राप्त जानकारी अनुसार आलु बोकेको एउटा ट्र्याक्टर आज नक्सलबारीबाट भालुकगढातर्फ गइरहेको समय एकजना साइकल आरोहीलाई बचाउने क्रममा ट्र्याक्टर अनियन्त्रित भएर सडक नजिक पल्टिएको बताइएको छ। उक्त घटनामा कसैको ज्यानलाई कुनै क्षति नपुर्याएको थाहा लागेको छ।