जसप्रीत बुमराहको स्थानमा मुम्बई इण्डियन्समा सामेल भए सन्दीप वरियर

IMG-20230331-WA0195.jpg

३१ मार्चः मुम्बई इण्डियन्सले इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३ सीजनको निम्ति शुक्रवार चोटग्रस्त पेस बलर जसप्रीत बुमराहको स्थानमा नयाँ बलरलाई सामेल गऱ्यो। पाँचपल्टको च्याम्पियन फ्रेञ्चाइजीले सन्दीप वरियरलाई टीममा सामेल गरेको छ। बुमराह ढाड़को चोटले गर्दा पूरा सीजनबाट बाहिर भएका छन्। मुम्बई इण्डियन्सद्वारा जारी बयानमा भनिएको छ, दाहिने हातका पेस बलर सन्दीप वरियरलाई जसप्रीत बुमराहको रिप्लेसमेण्ट खेलाड़ीको रूपमा टीममा सामेल गरिएको छ। साल २०२१-मा भारतको निम्ति पदार्पण गर्ने सन्दीप घरेलु सर्किटमा अनुभवी खेलाड़ी हुन्। उनले सबै प्रारूप मिलाएर २०० भन्दा अधिक म्याच खेलेका छन्। यसमा ६९ वटा टी२० म्याच सामेल छ। उनले आफ्नो करियरमा अहिलेसम्म सबै प्रारूप मिलाएर ३६२ विकेट लिएका छन्। रोयल च्यालेञ्जर्स बेंगलोर विरुद्ध आईपीएलमा मुम्बई इण्डियन्सको पहिलो म्याच अघि सन्दीप टीममा सामेल हुनेछन्। सन्दीपलाई ५० लाख रुपियाँमा मुम्बईको टीममा सामेल गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement