दार्जीलिङ: तकदाह ग्लेनवर्ण समष्टिमा हाम्रो पार्टी र गोर्खा जनमुक्ति मोर्चाको गठबन्धनले पंचायत चूनावमा भागलिने निर्णय गरेको छ। तकदाह स्कूलको सार्वजनिक भवनमा हाम्रो पार्टी र गोर्खा जनमुक्ति मोर्चाको बैठक सम्पन्न भयो।आयोजित बैठकमा हाम्रो पार्टीको क्षेत्रिय नेतृत्वहरू उपस्थित रहेका थिए भने त्यसरी नै गोर्खा जनमुक्ति मोर्चाको नेतृत्वहरू पनि उपस्थित रहेका थिए।दुई घण्टा भन्दा धेरै लामो समयसम्म चलेको बैठक पछि हाम्रो पार्टीको सभासद सन्नी बम्जनले आगामी दिनहरूमा सम्पन्न हुने पंचायत चुनाव तकदाह ग्लेनवर्ण समष्टिमा हाम्रो पार्टी र गोजमुमो बठबन्धन भएर चुनावी मैदानमा ओर्लिनेछ भन्ने जानकारी गराए। तिनले अधि भने, तकदाह ग्लेनबर्ण समष्टिमा गोजमुमोको राम्रो प्रभाव रहेको छ, त्यसरी नै हाम्रो पार्टीको प्रभाव पनि राम्रो छ,त्यसकारण तकदाह ग्लेनवर्ण समष्टिमा हाम्रो पार्टी र गोजमुमो एक भए कुनै पनि चूनाव सजिलैसंग जित्न सक्ने बम्जनले बताए।