हाम्रो पार्टीको पोस्टरप्रति नगर अध्यक्ष दिपेन ठकुरीको विरोध

IMG-20230331-WA0191.jpg

महिलामाथि अपमानजनक शब्द प्रयोग गर्नु कस्तो संस्कृति हो, नगर सभासदसँग झगडा गर्ने प्रयास: घतराज

दार्जीलिंग: दार्जीलिंग नगरपालिकाका अध्यक्ष दीपेन ठकुरीले आज फेरि पोस्टर लगाएका छन्। हाम्रो पार्टीले दार्जिलिङ नगरपालिकाको बैठकमा हाम्रो पार्टीका नगरसेवक तथा नगरसेविकाहरुलाई गालीगलौज गर्दै आफू बसेको चेकपोस्टमा हिर्काउने प्रयास गरेको छ। हाम्रो पार्टीले हिजो राति शहरको चौक बजारमा पोस्टर टाँसेको छ। अन्धकारको फाइदा उठाउँदै ठगीको काम भएको भन्दै पोस्टर टाँसेको छ। हाम्रो पार्टीले फेरि अन्य पोस्टर टाँसेको छ। यसै संदर्भमा पुकार घतराजले हिजो विहिबार दार्जीलिङ नगरपालिका नगर पार्षदहरूको बैठक भएको थियो, उक्त बैठकमा हाम्रो पार्टीको नगरपार्षदहरूले अबैध निर्माणहरूमाथि आफ्नो पक्ष राख्दा चेयरम्यान दीपेन ठकुरीले महिला नगरपार्षदिकाहरुसंग अपशब्दहरूको प्रयोग गर्ने काम गरेको थियो। त्यसरी नै हाम्रो पार्टी नगरपार्षदिकाहरुलाई चौकी उठाएर प्रहार गर्ने प्रयास गरेको थियो। यी सवै विषयहरूो विरोध जनाउदै हिजो विहिबार बेलुकी नै शहरको चोक बजारमा पोस्टर टाँस्ने काम भएको थियो तर रातको अन्धकारको फाइदा उठाउँदै टासिएको पोस्टरहरू च्यात्ने काम गरेको छ। गणतन्त्रमा आफ्नो पक्ष राख्न पाउछ तर पहाडमा अहिले हिटलरिजम शुरू भएको घतराजले बताए। तिनले अधि भने हामी शान्तीको पक्षधर हौ, हामी पहाडमा शान्ती श्रृखला कायम रहोस भन्ने हाम्रो सोच छ तर विपक्षीहरूमाथि हातपाई गर्ने प्रयास गर्नु, महिलाहरूमाथि अपशब्दको प्रयोग गर्नु यो कस्तो संस्कार हो भन्दै घतराजले प्रश्न तेर्साए। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले गोर्खा जातिको जातिय मुद्धादेखि पहाडको क्षेत्रिय समस्याहरूमाथि कामहरू गर्दै हिडदैछ तर रूपियाँ पैसासंग आफ्नो स्वभिमान बेच्नेहरूले पहाडमा फेरि अशान्ती फैलाउनु खोज्दैछ- घतराजले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement